Dz˹ֲ

settings icon
share icon
प्रश्न

के तपाइँले अनन्त जीवन पाउनुभएको छ?

उत्तर


बाइबलले अनन्त जीवनको बारेमा प्रष्ट बाटो देखाउँछ। सुरुमा हामीले यो जान्न जरुरी छ कि हामीले परमेश्वरको विरुद्धमा पाप गरेका छौँ: "किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्" (रोमी ३:२३)। हामी सबैले परमेश्वरलाई मन नपर्ने कुराहरू गरेका छौँ, जसले हामीलाई दण्डको भागीदार बनाउँछ किनकि हामी सबैले अनन्त परमेश्वरको विरुद्धमा असिमित पाप गरेका छौँ, जसको लागि केवल अनन्तकालको दण्ड पर्याप्त छ। "किनकि पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशू हाम्रा प्रभुमा अन्नत जीवन हो" (रोमी ३:२३)।

यसकारण येशू ख्रीष्टले कुनै पाप गर्नुभएन (१ पत्रुस २:२२), अनन्तकालको परमेश्वरको पुत्र मानिस बन्नुभयो (१ युहन्ना १:१, १४)। अनि हाम्रो पापको ज्याला तिर्न मर्नुभयो। “तर परमेश्वरले उहाँको प्रेम यसरी देखाउनुहुन्छ कि हामी पापै छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो” (रोमी ५:८)। येशू ख्रीष्ट क्रुसमा मर्नुभयो (युहन्ना १९:३१-४२), पाप उठाउनुभयो, जुन पापको भागीदार हामी थियौँ (२ कोरिन्थी ५:२१)। तीन दिनपछि उहाँ मृत्युबाट बौरिउठ्नुभयो (१ कोरिन्थी १५:१-४), पाप र मृत्युमाथि विजय प्राप्त गर्नुभयो। “परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यका हनुहुन्छ! उहाँको महान् कृपाले मृतकबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँगरी जन्मेका छौँ (१ पत्रुस १:३)।

विश्वासद्वारा हामीले आफ्नो मनलाई परिवर्तन गर्नुपर्छ – उहाँ को हुनुहुन्छ, उद्धारको लागि उहाँले के गर्नुभयो र किन (प्रेरित ३:१९)। यदि हामी उहाँमाथि आफ्नो विश्वास राख्दछौँ, उहाँले क्रुसमा हाम्रो पापको दाम चुकाइदिनुभयो भन्ने विश्वास राख्दछौँ भने उहाँको मृत्युमा मात्र भरोसा गरेर हाम्रो पाप क्षमा हुनेछ र स्वर्गमा अनन्त जीवनको प्रतिज्ञा पाउँन सक्छौं। "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनी नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्" (युहन्ना ३:१६)। “किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुन्छ” (रोमी १०:९)। क्रुसमा येशूले पुरा गर्नुभएको काममाथिको विश्वास नै केवल अनन्त जीवनको साँचो बाटो हो। "किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौँ – र यो तिमीहरू आफैंबाट होइन, यो त परमेश्वरको वरदान हो -कर्महरूद्वारा होइन नत्रता मानिसले घमण्ड गर्नेछ” (एफिसी २:८-९)।

यदि तपाईंले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गर्न र परमेश्वरबाट आफ्नो पापको क्षमा प्राप्त गर्न चाहनुहुन्छ भने यो सरल प्रार्थना गर्न सक्नुहुन्छ। यो प्रार्थना गर्नाले वा अरू कुनै प्रार्थनाले तपाईंलाई बचाउन सक्दैन। येशू ख्रीष्टलाई विश्वास गरेर मात्र तपाईंलाई तपाईंका पापहरूबाट बचाइनेछ। यो प्रार्थना केवल तपाईंको विश्वासलाई प्रभुमा व्यक्त गर्न र तपाईंलाई मुक्ति दिनुभएकोमा धन्यवाद चढाउन होः “प्रभु, म जान्दछु कि मैले तपाईंको विरुद्धमा पाप गरेको छु र सजायँ पाउने योग्यको छु। तर येशू ख्रीष्टले त्यो सजायँ भोग्नुभयो, जसको म योग्य थिए, ताकि उहाँमा विश्वास गरेर मेरो पाप क्षमा हुन सकोस्। मुक्तिको लागि म मेरो भरोसा तपाईंमा राख्दछु। तपाईंको अचम्मको अनुग्रह र क्षमादानको निम्ति तपाईंलाई धन्यवाद! आमिन!”

के तपाईंले यहाँ लेखिएका कुरा पढेर ख्रीष्टलाई ग्रहण गर्ने निर्णय गर्नुभएको छ? यदि छ भने तल दिएको "मैले आज ख्रीष्टलाई ग्रहण गरेको छु" भन्ने बटनमा क्लिक गर्नुहोस्।

English



नेपाली सुरुवात (होमपेज) पानामा फर्कनुहोश

के तपाइँले अनन्त जीवन पाउनुभएको छ?
यो पृष्ठ साझा गर्नुहोस्: Email icon
© Copyright Dz˹ֲ